wel come to my केही सोच अनी केही बिचार blog & visit my next blog also http://merogandaki.blogsome.com see you again

Sunday, September 30, 2007

हृदयको दियो जगाऔ

Photo Sharing and Video Hosting at Photobucket
नेपालमा आइए बिए पढेर पनि काम नपाई घरको न घाटको भएकाहरु, साहुको ॠणले गैरिखेत भर्सेला परी बिचल्लिमा परेकाहरु, बाबा आमा र जाहान छोरा छोरीका कलैटी परेको मुहारमा हासो ल्याउन घर्, ओडापैरी, दुई छाक खानैको लागी अनि परिवर्तनको लागी बिदेशिने नेपालीहरु को सख्य लाखौं भैसकेको छ । स्वदेशमा उधोगधन्दा नहुनु सरकारी सेवामा सधैं सोर्से फोर्स, नाताबाद्, कृपाबाद्, राजनीतिकर्मीहरुको राइदाइ हुँदा सोझा साझा निमुखा युवपिढिको लागि बिदेश जाने रहर नभएर बाधेत्ता भएको छ । सरकारी कोटामा जापान्, अमेरिका, अस्टृलिया, जानेहरुलाई अपबात छोडेर भन्नु पर्दा खाडी र मलेसियामा होमिने नेपालीहरु अक्सर निम्न मध्यमबर्गिय नै छन । बिदेश प्रबेश गर्नुपर्ने समस्याको कहाँनी यहाँ पठाउने शैली, मेनपावर एजन्शी, ब्यक्ती दलाल अबैध धन्दाहरुको बयान गर्ने हो भने फेहरिस्त लामो हुन सक्छ । जे जस्तो प्रकृयाबाट घरखेत बन्धक राखेर आएका नेपालीहरुको जीवनस्तर साचै यहाँ मेनपावर दलालहरुले बताएको सुबिधा अनुसार कै छ त? स्वदेशमा एउटै कुवाको पानी खानेहरु राष्ट्रिय भावना छातीभरि सँगल्नेहरु यहाँ परदेशमा आपसी प्रेम सहयोग भाइचारा अनि दया माया बाडचुड गरी रहेका छन त ? कस्तो छ नेपाली युवाहरुको स्थिती ? आज जो कोही नेपाली बौदिक बर्गले आफ्नो कलमको माध्यमबाट यहाँका शोषण जाली, ढाटिछली, बदमासिहरुलाई जस्ताको तेस्तै लेखन माध्यमबाट भए पनि प्रकाशित गरेर प्रबाशी नेपालीहरुलाई एउटै माया प्रेम र दर्हो नियममा चल्न आग्रह गर्छु ।
साच्चै यहाँ कत्तारमा रहेका डेड्लाख भन्दा बढी नेपालीहरु कुनकुन पेशामा कसरी आफ्ना जीवन कातिरहेका छन्, कुन नेपालीलाई कस्तो आन्याय परिरहेकोक छ, बिदेशको बिरानो बस्तिमा प्यारो परिवारलाई छोडेर आइसकेपछी पनि एउटा गरीब निमुखा युवालाई अर्को त्यस्तै युवाले किन भाइचाराको सम्बन्ध नराखी खाली जसरि हुन्छ ठगी खाने भाडो बनाउछ । उहि पुरानो सामान्ती सस्कर हामी तमाम युवाहरुमा किन झान्ङी रहेको हो? आखिर हामी राज्यबाट ठगिएकाहरु कर्मले धोका दिएकाहरु, समस्या ले सताएकाहरु आपशी दुखलाई खोकिलामा राखी सुनगाभा फुल्ने पाखाका हामीहरु यो तातो उजाड खाडीमा किन अर्कालाई कङ्गाल बनाउन अनेक छल कपट गर्छौ ? वास्तवमा यो सोचनिय बिचारणिय कुरा छ ।
त्यसै ले साथी हो यस्ता कुराहरु आफ्नो मन बाट निकालौ,हामी परिवर्तन हौ, आँफैले आफुलाई सुधारऔ, कसैले कसैलाई दोषारोपर्ण नगरौ । आउनुहोस् मिलौ एक ढिक्का हौ । सगरमाथाको देश नेपाली हामी बुद्ध,सिता र भुर्कुटिको मार्ग हिंडेर नेपाल आमाको मुहार अझ सिनग्ध्, शालिन र लालिगुराश झै सौन्दर्यमय बनाऔ । प्रेम रोपेर शान्ति सहयोग र दयाको सयपत्री रोपेर हृदयको दियो जगाऔ ।
साभार - राजधानी (गणेश ढकाल)

0 comments: