घोरेपानी - तातोपानीको छोटो परिचय

म्याग्दी जिल्लाको घारा गा बि स मा पर्ने घोरेपानी नेपाल लगायत बिदेशमा पनि चर्चा पाएको सुन्दर ठाउँ हो । यहाँ बर्सेनी स्वदेशि तथा बिदेशि गरि हजारौ पर्यटकहरु आउने गर्छन । घोरेपानी को आफ्नो एउटा छुट्टै पहिचान छ । यस सुन्दर ठाउँ मा १६ थरि को लालि गुराश फुल्ने गर्छ । यस् स्थान को उचाई ३००० मि छ । यस ठाउँ बाट धौलागिरी लगायत अन्य हिमाल् को सुन्दर दृश्य देखिने भएको ले बिदेशी पर्यटक यहाँ आउन लालयित हुन्छन । घोरेपानी भन्दा ३३०० मि को उचाईमा रहेको अर्को सुन्दर पुनहिल ठाउ छ ।
यो ठाउँ को बर्णन जती गरे पनि कम नै हुन्छ । यस ठाउँ बाट बिहानि सुर्यदय देख्न सकिन्छ । यो सुर्यदय हेर्न को लागि मनिषहरु को भिड लाग्ने गर्छ ।
यो ठाउँ जाडो भएको कारणले यहाँ चिया र कफी को अति बिक्री हुन्छ । यहाँ का धेरै बसिन्दाहरुको मुख्य आयस्रोत भनेको होटेल ब्यबाशय हो ।
यस ठाउँ १२ महिना नै जाडो भएको कारणले यहाँ खेतिपाती हुँदैन । बर्षको ६ महिना हिउले ढाकी रहन्छ ।
यस् ठाउँबाट पोखरा फेवाताल सम्मको सुन्दर दिर्श्य देखिने भएकोले पर्यटकहरुको आकषण ठाउँ बन्न पुगेको छ ।
पर्यटकहरु यस ठाउँबाट तल झर्ने क्रममा चित्रे, फल्टे, र सिख गाउ हुँदै घारा गाउ पुग्छन र त्यहा खान खाने र बास बस्ने गर्छन । यो गाउ पनि सुन्दरतले भरिएको छ । यस् गाउमा बरुवाल्,खड्का थरका छेत्री जातका मानिषहरु को बाहुल्यता छ ।
यस् ठाउँ मा पनि मठमन्दिरहरु छन । यस ठाउँ मा सबै खाले खेतिपति राम्रो हुन्छ । यहाँका मनिषहरु शिक्षा तिर बिषेश चासो राखेको देखिन्छ । किन कि यहाँको बसिन्दहरुको अग्रसर् मा यो दुर्गम क्षेत्रमा पनि उच्च मा बि स्थापना गरेका छन । हाल उ मा बि मा ११ - १२ गरी ४५ बिद्यार्थीहरुले अध्यन गरी रहेका छन ।
घारा गाउ देखि ओरालो लागेपछी नेपालको ठुला नदिहरुमा पर्ने काली गण्डकी नदी मा पुगिन्छ । यस् नदिमा नुहाएपछी मान्छे शुद्ध भैइन्छ भन्ने धार्मिक भनाई पनि छ । यस नदी तरेपछी तातोपानी भन्ने सुन्दर बजारमा पुगिन्छ । यो बजार काली गण्डकी को किनार मा रहेको छ । यहाँ पनि पर्यट्कहरुको घोरेपानि मा भन्दा कम हुँदैन । यस ठाउँ मा प्रकृतिक तातो पानी को मुहान छ ।
संसार को सबै भन्दा गहिरो खोच वा अन्धो गल्छि यस् क्षेत्रमा भएको कारणले पनि यो ठाउँ स्वदेश तथा बिदेशमा प्रख्यात छ ।
यस् तातो पानी कुण्डमा नुहाउने र घन्टौ सम्मा बसेर आनन्द लिने गर्छन ।
यस् तातो पानी मा हप्ता दसदिन सम्म नुहाउदा बिभिन्न किसिमका रोगहरु निको हुन्छ भन्ने भनाई पनि छ । यस ठाउँ मा थकाली जातिको बहुल्यता छ ।
यसपछी पर्यटकहरु यस ठाउँ को आनन्द लिदै जोमसोम हुँदै मुक्तिनाथ तिरको उकालो लाग्ने गर्छन ।
राजु बरुवाल
vijaya_baruwal2000@yahoo.com























1 comments:
hmm... 10x for style ))
Post a Comment