Please visit
Please visit my next blog. All artical are there. Thank you
My next blog - http://merogandaki.blogsome.com Thak you. Naresh Shrestha
Please visit my next blog. All artical are there. Thank you
My next blog - http://merogandaki.blogsome.com Thak you. Naresh Shrestha
Posted by नरेश श्रेष्ठ at 2:18 AM

Mero Gandaki - ke hi soch ani k hi bichar![]()
बिजया दशमी २०६५ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु .
Posted by नरेश श्रेष्ठ at 9:13 PM
आज यतिका बर्ष सम्म पनि त्यो दिन भुल्न सकेको छैन । बेला बेला मा त्यो दिन सम्झन्छु र हास्न मन लाग्छ र दुख पनि लाग्छ । एक दिनको कुरा हो आफ्नो गाउमा उच्च शिक्षा को सुबिधा नभएको कारणले नजिकैको शहर पोखरा जाने गर्दथे । नजिकै भएको कारणले जाने आउने गर्दथे । यस्तै बसमा जाने आउने क्रममा एउटा सुन्दर युवती मेरो नजरमा पर्यो । उनि निकै सुन्दर थिइन । उनको सुमधुर बोली, हिस्सी परेको अनुहार, लजालु अधर्, झर्ना झै केशराशी अनि मिजासिलो स्वभाब । म त्यसै उनि प्रती आकर्षित भए । त्यसपछी का दिनहरुमा केबल उनैको याद आईरहन्थ्यो । आँखा वरिपरी उनकै तश्बिर छाया बनी घुमी रहन्थ्यो । भोक प्यास भुलेर उनकै यादमा डुब्न पुग्थे । मैले उसलाई धेरै माया गर्न पुगेछु र अन्तर आत्मा मा सजाइ सकेछु । उसलाई नभेटेको दिन निकै नरमाइलो लाग्थ्यो । तर यो सब मेरो एकोहोरो प्रेम थियो । उनको सामु केही बोल्न सक्दिन थे त्यसैले प्रेम को प्रस्ताव त निकै टाढा को कुरा थियो । एक दिन निकै साहस् गरी उसलाई मैले प्रेम को प्रस्ताव राखे । उनले पनि मलाई उनको मन मन्दिर मा सजाई सकेकी रहिछिन । मेरो यही प्रस्ताव को प्रतिक्षा मा बसी रहेकी रहिछिन । उनलाई पनि मलाई नदेख्दा र मेरो अनुपस्थिती मा निकै छटपटाउदी रहिछिन । त्यसैले उनले मेरो प्रेम सहजै स्विकार गरिन । यसरी नै हाम्रो माया को थुङाहरु प्रगाढ बन्दै गयो । अब म उनि बिना र उनि म बिना बाच्न नसक्ने भई सकेका थियौ । तर अफसोच उनलाई मन पराउने अर्को एकजना केटा पनि रहेछ । हामी अलि चन्चले स्वभाव भएको ले हिड्दा पनि र बस् मा पनि निकै जिस्किदै हिड्थ्यौ । कहिले फेवताल्, कहिले बेग्नास्ताल र कहिले सारङ्कोट घुम्न जान्थ्यौ । यस्तै घुम्ने क्रममा हामीलाई त्यो केटाले देखेछ । शायद हाम्रो दृश्य उसलाई अशहय भएछ क्यारे । त्यसैले त्यही बेलुका मलाई त्यो केटाले फोन गर्यो । फोन को घन्टी बज्न साथ मैले फोन उठाउँदै हेल्लो को बोल्नु भएको भनेर भने । तर उता बाट केही उत्तर आएन । पुन्ह त्यही प्रश्न गर्दै कसलाई खोज्नु भएको के काम छ मात्र के भनेको थिए उता बाट धम्की को बार्ण आयो । त त्यो केटी सँग किन हिडछस ? तैले उसलाई छोड्दे । उनि मेरी हो । अब आइन्दा फेरी पनि मैले उनि सँग हिंडेको देखे भने तेरो हात खुट्टा भाचिदिन्छु यस्तै अनेक धम्की हरु दिएको थियो । त्यती भनि सकेपछी उसले फोन राखी दियो । मलाईइ कता कता डर लाग्यो । कता बाटो मा हिड्दै पछाडिबाट आएर केही पो गर्ने होकी । यस्तै सोच्दै निकै डरै रहेको थिए । फेरी को हो कस्तो छ भनेर चिनेको पनि थिइन । तर मलाई पन केही आट थियो र यदि केही परिहाले पनि म पनि छोड्दिन भन्ने।त्यसको केही दिन पछी हामी फेवाताल घुम्न गएका थियौ । त्यहाँको मनोरम दृश्य मा हामी हराई रहेका थियौ । सन्जोग पनि कस्तो त्यो केटा पनि त्यही घुम्न आएको रहेछ । तर त्यो केटालाई मैले चिन्दिनथे । तर उसले मलाई चिन्थ्यो । अचानक पछाडि बाट आएर कसैले मेरो हात च्यप्प समात्यो । यसो पछाडि फर्केर हेरेको एउटा भुस् तिघ्रे केटा रहेछ । अस्ती मैले भनेको कुरा किन मानिनस ? तेरो दात झारिदिन्छु अब भन्दै म माथि हात उठाएको थियो । मैले पनि जोडले उसको हात बाट मैले मेरो हात फुस्काए । जिउधन को सुरक्षा त गर्नै पर्यो । त्यसैले म पनि के कम कसेर त्यो केटाको नाकमा प्याच्य के हानेको थिए एक्कासी ठुलो आवजमा ऐया …मरे । म झसँग भए । त्यो आवाज त्यो केटा नभएर म सँग सुत्ने साथी को थियो । बिउझेर हेरे अचम्म लाग्यो । यो सब सपना पो रहेछ । हतार हतार बत्ती बाले बिचरा को नाकबाट खलखली रगत बगी रहेको थियो । बिहान को पाच बजी सकेको रहेछ । उसलाई तुरुन्तै नजिकैको मेडिकल मा लगेर उपचार गराए । यो घटना सम्झिदा हास्न मन पनि लाग्छ र साथी को त्यो हालत सम्झिदा दुख पनि लाग्छ ।
Posted by नरेश श्रेष्ठ at 10:16 PM

जिन्दगिको यो मोड्मा आउँदा सम्म न त मैले माया गर्न जानेको थिए, न त जिउन जानेको थिए, न त कसैलाई साहारा दिन जानेको थिए र माया प्रेम भन्ने कस्तो बस्तु हो र यसको परिभाषा के हो भनेर बुझेको थिएन । तर आज आएर माया प्रेम भन्ने के हो भनेर जाने, जिउन जाने , कसैलाई साहारा दिन पनि जाने र यसको परिभाषा पनि बुझे । तर धोका भन्ने के हो भनेर बुझेको थिएन र जानेको पनि थिएन । यो शब्द निकै सुनेको थिए र कस्तो होला भनेर निकै सोचाई मा डुबिरहन्थे । तर आज आएर यो शब्द को अर्थ पनि थाहा भयो र भोगी रहेको छु । यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर हिंड्नु पर्दो रहेछ । नजानी र नबुझी हिंडेमा यसको परिणम के हुन्छ भनेर आज भोग्दै छु । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने र अन्त मा गएर दोबाटोमा लगेर छोडिदिने । समय ले नै भनु आज यो - समय शिकारी बनेर मेरो मुटुलाई घाइते बनाई रगताम्य बनाएको छ । आकाश र पातलको धेरै अन्तर हुदो रहेछ । चाहेर पनि मिलन को कुरा असम्भव रहेछ । खोला को दुई किनारको मिलन पनि कहिले हुन नसक्दो रहेछ । यि सब आज आएर थाहा पाएको छु । मिलन हुनु र बिछोडिनु रहेछ जिन्दगी , पाउनु र हराउनु नै रहेछ जिन्दगी, अनि छुटेर गए पछी सम्झना मा तड्पी तड्पी मन को बेदना कम गर्नु नै रहेछ जिन्दगी, सम्झना को गहिराई मा डुबेर संसार नै भुल्नु रहेछ जिन्दगी । यस्तै कथा- ब्यथा भित्र आसु र हासो, रोदन र बेदना भित्र रुमल्लिएर बाच्नु नै रहेछ जिन्दगी । चाहनु नै मेरो ठुलो भुल रहेछ । परिचय हुनु त मेरो दुर्भाग्य रहेछ अनि पाउनु ठुलो अफसोच । के कसैलाई चाहनु, मन पराउनु र माया गर्नु भुल हो र ? फुलबारी मा फुलेको फुलको बास्ना खोज्दै जानु के कुनै अपराध हो र ? भएर नै होला आज मेरो यो दुर्गती भएको छ । मेरो हर ईच्छा, चाहना र सपनाहरु बादल र च्याटयङ कराए झै चकनाचुर भएको छ । भाताभुङ्ग भएको छ मेरो जीवन । मेरो सच्चा माया प्रेम कुनै एउटा खेल भएको छ । कसै को आत्मलाई चोट दिएर आफु आत्मा खुशी भएर बाच्नु राम्रो होइन । त्यसको अस्तीत्तव आँफै हरएर जानेछ । एक दिन राम्रो होला , दुई दिन राम्रो होला तर पछी...........। सम्झिनु पर्नेछ एउटा गरीब को पनि आत्मा हुन्छ भनेर र सोची दिनु पर्नेछ त्यो एउटा गरीब को हृदय पनि दुख्छ भनेर । गरीबलाई मोजमस्ती मा सदुपयोग गर्न नखोज कसैले भबिश्य मा ठुलो धोका हुन सक्ने छ । गरीब को आत्मा ले सराप्ने छ एक दिन, उसको माया ले पिरोल्ने छ एक दिन । गरीब को आसु ले पोल्ने छ एक दिन ..............गरीब को आसु ले पोल्ने छ एक दिन ।
Posted by नरेश श्रेष्ठ at 12:10 AM

सक्दिन म सबै कुरा मा सक्षम र निपूर्ण छु भनेर र सक्दिन म सदा दिन मुस्कुराई रहन्छु भनेर । मान्छे हु कुनै न कुनै कुरामा अपूर्ण नै हुन्छ र असक्षम पनि । सबै कुरा मा निपुण भएको मान्छे यो संसार मा को नै छ र कहाँ नै भेटिन्छ र ? त्यही माथि म जस्तो अनभिग्य ब्यक्ती र अन्योलता मा भौतारिदै हिंडेको ब्यक्ती । नगरेको होइन कल्पना र नदेखेको होइन सपनाहरु । तर यि सबै मेरा कल्पनाहरु सिमल को भुवा सरी खुल्ला गगन मा उडिरहेको छ । सपनाहरु सपना मा नै सिमित भई रहेको छ । अगाडि लम्किनु पर्ने यि मेरा पाईलाहरु मा ठेस लागेको छ । आज असक्षम र पूर्ण रुपमा रित्तिएको खाली बोतल सरी जीवन बिताई रहनु परेको छ । दु:खै दु:ख मा झेलिएको छ मेरा यि पाईलाहरु र पिडाले सजिएको छ मेरा यि धड्कनहरु, अदृश्य बेदनाहरु ले भरिएको छ मेरो मुटु र रोदन ले सजिएको छ मेरो क्षण र पलहरु । मेरा यि सबै कुराहरु शायद एउटा सिनेमा को कथा जस्तो लाग्छ होला, कुनै उपन्यास को शब्दहरु जस्तो लाग्छ होला । कहिले हासो त कहिले रोदन्, कहिले सुख त कहिले दु:ख यो त जीवन चक्र को नियम हो । त्यसैले सक्दिन म भन्न सदा मिठो मुस्कान र खुशी दिन । बरु चाहान्छौ भने दिने कोसिश गर्ने छु मुस्कान, हृदय भरी ब्यथा बोकेर , दिने प्रयत्न गर्ने छु खुशी, मुटु भरि ब्यथा बोकेर , तिम्रो जीवन मा सुनौलो बिहानिको लागि हरपल संघर्ष गर्ने छु । आकाश को जुन तारा त झार्न सक्दिनहोला । तर यो धर्तिको मलिलो माटो मा हरा भरा फुलहरु उमारेर सुगन्ध दिने प्रयत्न गर्ने छु । यो देखावटी संसार को कृतिम माया दिन नसके पनि तिमीलाई यो प्रकृतिक माया जालको संसारमा मिठो र न्यानो माया मा बाधेर संसाररिक आनन्द मा घुमाउने छु । जसरि नङ र मासु को सम्बन्ध गासिएको हुन्छ त्यसरि नै हाम्रो साथीत्तोको एउटा ज्वलन्त उदाहरण बनेर चिनिन चाहन्छु । हाम्रो यो मित्रता यो जुनिलाई मात्र नभएर सातौ जुनि सम्मको लागि अमर बनाउन हर दिन हर समय लागि परी हर बाधाहरुलाई चुनौती दिने छु । आत्मालाई साक्षी राखेर मायाको मोड र घुम्तिहरुलाई सुख र दु:ख सँग संघर्ष गर्दै तिमीलाई डोराएर हिंड्नेछु । जीवनको हरेक पाईला सफलता को उपहार बोकी ल्याउने छु । म साथी हु तिम्रो बुझ्छु तिम्रो मनिलो अनुहारको कम्पनहरु, बुझ्छु तिम्रो हर मुटुको धड्कनहरु र बुझ्छु आफ्नो हितैशी साथी को हर चाहाना र इच्छाहरु ।
Posted by नरेश श्रेष्ठ at 4:25 AM

दुख लागेको छ मेरो नेपाल को खबरहरु सुन्दा मुटु चर्किएको छ समाचारहरु पढ्दा ।
आखिर के हुँदै छ मेरो देश नेपाल । के हुन खोजिरहेको छ मेरो देश नेपाल । बिकास को बाटो मा हिंड्नु पर्ने मेरो देश आज किन पछी पर्दै छ ? कतै बिदेशी चाल र निरन्कुश बादिहरु को चाल त होईन ? किन बुझ्दैनन मै हु भन्ने हाम्रा देशका नेताहरु ले ? आज तराई आन्दोल भएको यतिका दिन सम्म पनि समाधान केही देखिएको छैन । केही निस्कर्ष निकाल्न सकेको छैन ।
बार्ता सफल भएर आन्दोलन साम्य होला भनेको त स्थिती झन चर्किदै गएको छ, हड्ताल जारी नै छ र कर्फ्यु लागि रहेको छ भन्ने खबर सुन्दा अब साँचिनै मेरो देश त्यही निरकुंस तन्त्रमा जाने भयो भन्ने डर लागि रहेको छ ।
यही रूपले आन्दोलन बढ्दै जाने हो भने र आन्दोलनकारी नेताहरुले कुरा नबुझ्ने हो भने भोली मेरो देश बिदेशी को सन्जाल र त्यही निरन्कुश तन्त्र मा नजाला भनेर भन्न सकिदैन । जताततै बन्द नेपालको राजधानी जस्तो ठाउँ मा डिजेलको अभाभवले यातायातहरु चल्न नसकेर स्कुलहरु बन्द, सरकारी कार्यालयहरु बन्द, बैंकहरु बन्द, उधोगहरु बन्द नेपाल भरि लोडसेडिङ्, पिउनेपानी को अभाव दैनिक प्रयोग हुने र साग-सब्जिको भाउहरु ले आकाश छोएको छ भन्दा उफफफफ होइन के हुँदैछ ?किन बुझ्दैनन आन्दोलन गर्ने हाम्रा नेताहरुले ? किन सोच्दैनन यस्तो स्थिती सिर्जना गरेर भोली को कर्णधारहरुको भबिष्य के होला भनेर ।
आखिर तिनिहरुका पनि सन्तान छन । हुन त तिनिहरुका सन्तानहरु बिदेश को कुनै महँगो स्कुलमा पढ्दै होलान । र what मतलब भनेर सोचेको होला । आखिर मर्ने हामी गरीब जनता त हौ नि । भबिष्य बिग्रने हामी गरीब जनता कै हो नि । कि कसो साथी हो ? आन्दोलनमा हामी गरीब जनताहरुलाई लडाएर उनिहरु महलमा बसेर रमिता हेर्दै बसिरहेका छन । हामी गरीब जनताहरुको भबिष्य माथि खेलवाड गरी रहेका छन । हामी गरीब जनताहरुले किन बुझ्दैनौ यस्तो कुराहरु ?
आन्दोलन नै गर्ने हो भने तिनिहरुपनि आन्दोलनको स्थान मा उभिएर आन्दोलन गर्नु पर्यो । तिनिहरु को सन्तानहरु पनि सडकमा आएर गरीब जनताहरु सँग आन्दोलनमा हिंड्नु पर्यो होइन र ? बल्ल थाहा पाउने छन कि आफ्नो सन्तानहरुको भबिष्य के हुँदै छ भनेर र आभाष होस कि सबै नेपाली गरीब जनताहरु मेरो आफ्नै सन्तान हो भनेर तर यस्तो कुराहरु हाम्रो नेताहरु मा कहिले आउँला ? यदि यस्तो कुराहरु सोच्ने भए आज मेरो देश नेपाल को स्थिती यो हालत हुने थिएन होला । आज बिदेशमा यसरी दुखी भएर बस्नु पर्दैन थियो होला ।
यसरी मुटु चर्काएर बस्नु पर्थेन होला । जहाँ गए पनि मेरो देश सुन्दर र शान्ति छ भनेर हिंड्न पाउथे होला । तर
खै म जस्तो बिदेश मा बस्ने लाखौं नेपाली साथीहरु र युवाहरु को ब्यथा हाम्रो देश का नेताहरु ले कहिले बुझ्ने हुन ?
Posted by नरेश श्रेष्ठ at 6:56 AM

बिहानि को किरण आँखा मा पर्ने बितिकै अजय झ्ल्यस्य बिउँझीन्छ । र घडी तिर नजर लगाउछ त बिहानि को ७ बजी सकेछ । उ सदा झै समय मै स्कुल पुग्न चाहन्थ्यो । त्यसैले उ फटाफट बाथरूम तिर जान्छ ।
आधा घण्टा मै तयार भैइ उ स्कुलतिर को बाटो लाग्छ ।
अफिस् कोठा भित्र पस्ना साथ उस्को भेट प्रतिमा सग हुन्छ । प्रतिमा को अनुहार अरु दिन को भन्दा आज अलि भिन्न देखिन्थ्यो ।
केहि निराश र थकान जस्तो देखिन्थ्यो । त्यसैले अजयले उस्लाई सोध्यो के भयो प्रतिमा तिमीलाई.. ? खै के भयो म आँफैलाई थाहा छैन । राती पनि राम्रो सग सुत्न सकेको छैन ।
अहिले स्कुल छुट्टी भए पछी भनुला भनि दुबै जना आ-आफ्नो कक्षा कोठा मा लागे ।
अजय र प्रतिमा स्कुल पढ्दा खेरिकै साथी थिए । र आज एउटै स्कुल मा पढाउने गरी रहेका थिए । स्कुल छुट्टी भए पछी दुबै जना नजिकै को एउटा होटेल मा गए ।
चिया र नास्ता को अर्डर गरेपछी अजय आफ्नै कुराहरुमा हराउन थाल्यो । आफ्नै सोच मा ध्यान मग्न भयो ।
प्रतिमा ले उस्को ध्यान भङ गर्दै भन्यो होइन के भयो तपाईंलाई । किन यसरी गहिरो सोच मा डुब्नु भएको भनेर भनि र अजय ले भन्यो होइन के भन्दै थियौ तिमी ले भनेर सोध्यो ।
अनि प्रतिमाले पर देखौदै भनि उ उता बाट आएको सुमिना होइन भनेर सोधी ।
अजयले पनि उतै नजर लगाउदा सुमिना नै रहेछ। उनि सग एक आधबैसे आईमाई पनि थियो र ति दुबै जना अजय र प्रतिमा भएको ठाउँ मै आउँदै थिए । जब नजिकै आए तब अजय र प्रतिमा सुमिनालाई देखि आश्च्राय मा परे । सुमिना यो के हो? के भयो तिमीलाई? दुबै जनाले एकै चोटि प्रश्न गरे । बिरामी भएकी थियौ ?
त्यो अधबैशे आईमाई उसकी आमा रहेछ र उसले भनि थाहा छैन खै के भएको हो उसलाई । राती निन्द्रा मा पनि त्यसै चिच्याएर उठ्छ । निकै डरलाग्दो सपना देख्छु भन्छ र कति रातहरु र त त्यसै नसुती बिताउछ डर लाग्छ भन्छ । निकै डरलाग्दो सपनाहरु देख्छु भन्छ ।
सबै ठाउँमा देखाए अह केही भएन । डाक्टरकोमा पनि देखाए । डाक्टरले पनि निन्द्रा लाग्ने दबै दिन्छ र केही दिनको लागि ठीक हुन्छ । अहिले त त्यो दबै ले पनि केहि असर गर्दैन । खै कुनै पिशाचले हो कि के हो केही थाहा हुन सकेन ।
अजयले मन मनै सोच्न थाल्यो मलाई मात्र होइन रहेछ र सबैलाई यस्तै रहेछ ।
प्रतिमालाई पनि यस्तै भयानक सपनाहरुले निकै सताएको थियो र सताई रहेको छ । उसले पनि मन मनै यहि कुरा सोच्यो कि म मात्र होइन रहेछ भनेर ।
यस्ता डरलाग्दा सपनका शिकार अरु पनि रहेछन भनेर दुबै जनाले सोच्दै बसे ।
प्यारो मित्रहरु तपाईंहरुले यस्तो भयानक सपनाहरु देख्न्नु त भएको छैन नि...?
कि देख्न्नु भएको छ...? कि यस्तो सपनाहरुबाट छुटकारा पाईसक्नु भयो...? कसरी पाउनु भयो ? के गरी पाउनु भयो ? यस्तो डरलाग्दा सपनबाट छुट्कारा पाउनको लागि अजय,प्रतिमा र सुमिनालाई पनि केही उपाय बताई दिनुहुन्छ कि ?
Or यस कथालाई निरन्तरता दिन तपाईंहरु सग केही लेखहरु छन कि ?
छ भने readyshrestha6@gmail.com or mygandaki@yahoo.com मा मेल गर्दिनु होला ।
Posted by नरेश श्रेष्ठ at 2:24 AM

म्याग्दी जिल्लाको घारा गा बि स मा पर्ने घोरेपानी नेपाल लगायत बिदेशमा पनि चर्चा पाएको सुन्दर ठाउँ हो । यहाँ बर्सेनी स्वदेशि तथा बिदेशि गरि हजारौ पर्यटकहरु आउने गर्छन । घोरेपानी को आफ्नो एउटा छुट्टै पहिचान छ । यस सुन्दर ठाउँ मा १६ थरि को लालि गुराश फुल्ने गर्छ । यस् स्थान को उचाई ३००० मि छ । यस ठाउँ बाट धौलागिरी लगायत अन्य हिमाल् को सुन्दर दृश्य देखिने भएको ले बिदेशी पर्यटक यहाँ आउन लालयित हुन्छन । घोरेपानी भन्दा ३३०० मि को उचाईमा रहेको अर्को सुन्दर पुनहिल ठाउ छ ।
यो ठाउँ को बर्णन जती गरे पनि कम नै हुन्छ । यस ठाउँ बाट बिहानि सुर्यदय देख्न सकिन्छ । यो सुर्यदय हेर्न को लागि मनिषहरु को भिड लाग्ने गर्छ ।
यो ठाउँ जाडो भएको कारणले यहाँ चिया र कफी को अति बिक्री हुन्छ । यहाँ का धेरै बसिन्दाहरुको मुख्य आयस्रोत भनेको होटेल ब्यबाशय हो ।
यस ठाउँ १२ महिना नै जाडो भएको कारणले यहाँ खेतिपाती हुँदैन । बर्षको ६ महिना हिउले ढाकी रहन्छ ।
यस् ठाउँबाट पोखरा फेवाताल सम्मको सुन्दर दिर्श्य देखिने भएकोले पर्यटकहरुको आकषण ठाउँ बन्न पुगेको छ ।
पर्यटकहरु यस ठाउँबाट तल झर्ने क्रममा चित्रे, फल्टे, र सिख गाउ हुँदै घारा गाउ पुग्छन र त्यहा खान खाने र बास बस्ने गर्छन । यो गाउ पनि सुन्दरतले भरिएको छ । यस् गाउमा बरुवाल्,खड्का थरका छेत्री जातका मानिषहरु को बाहुल्यता छ ।
यस् ठाउँ मा पनि मठमन्दिरहरु छन । यस ठाउँ मा सबै खाले खेतिपति राम्रो हुन्छ । यहाँका मनिषहरु शिक्षा तिर बिषेश चासो राखेको देखिन्छ । किन कि यहाँको बसिन्दहरुको अग्रसर् मा यो दुर्गम क्षेत्रमा पनि उच्च मा बि स्थापना गरेका छन । हाल उ मा बि मा ११ - १२ गरी ४५ बिद्यार्थीहरुले अध्यन गरी रहेका छन ।
घारा गाउ देखि ओरालो लागेपछी नेपालको ठुला नदिहरुमा पर्ने काली गण्डकी नदी मा पुगिन्छ । यस् नदिमा नुहाएपछी मान्छे शुद्ध भैइन्छ भन्ने धार्मिक भनाई पनि छ । यस नदी तरेपछी तातोपानी भन्ने सुन्दर बजारमा पुगिन्छ । यो बजार काली गण्डकी को किनार मा रहेको छ । यहाँ पनि पर्यट्कहरुको घोरेपानि मा भन्दा कम हुँदैन । यस ठाउँ मा प्रकृतिक तातो पानी को मुहान छ ।
संसार को सबै भन्दा गहिरो खोच वा अन्धो गल्छि यस् क्षेत्रमा भएको कारणले पनि यो ठाउँ स्वदेश तथा बिदेशमा प्रख्यात छ ।
यस् तातो पानी कुण्डमा नुहाउने र घन्टौ सम्मा बसेर आनन्द लिने गर्छन ।
यस् तातो पानी मा हप्ता दसदिन सम्म नुहाउदा बिभिन्न किसिमका रोगहरु निको हुन्छ भन्ने भनाई पनि छ । यस ठाउँ मा थकाली जातिको बहुल्यता छ ।
यसपछी पर्यटकहरु यस ठाउँ को आनन्द लिदै जोमसोम हुँदै मुक्तिनाथ तिरको उकालो लाग्ने गर्छन ।
राजु बरुवाल
vijaya_baruwal2000@yahoo.com
Posted by नरेश श्रेष्ठ at 1:44 AM